हालैमा रिलिज भएको हेर्ने कथाको श्रिङ्खला चर्चाको चुलिमा रहेको छ। प्रकाशका हराएका बर्षहरुले हामि सबैको जिवनबाट लगभग १ घण्टा १० मिनेट जति टपक्क चोरेर लान सफल भयो। हुन त हेर्ने कथाका सबै जसो डकुमेन्ट्रीहरु यथार्थपरक र समाज र जिवनका भोगाईहरुलाई ऐना जस्तै पर्दामा जस्ताको तस्तै उतार्ने खालका हुन्छन्। तर पनि यो श्रिङ्खला ति सबै भन्दा धेरै फरक मैले महसुश गरें।

hernekatha-the-lost-years

कसैले हराको बाल्यकाल पाऊँदै थियो। पखेटा हुदा हुदै पनि उड्न नसकेको चराले उडान भर्दै थियो। सपना नै देख्ने हिम्मत नभएको मान्छेले सपना देख्ने आँखा पाएको थियो। उसले एऊटा खालि क्यानभास पाएको छ जहाँ उसले सायद आफुले जानेका जति सबै रंग भर्ने छ। लत्पतिएको भए पनि चित्र कोर्ने छ। बुढो बालक हो उ जस्ले बालापनको महसुश नै गर्न पाएन। त्यसैले उसलाई यो ४५ बर्षे बालापनमा रमाउने पुर्ण हक छ।

भनिन्छ नि जिवन दुई दिनको हो। सायद जिवन दुई दिनको हुदो हो त उस्ले जननिको पाऊ स्पर्ष गर्न ३५ बर्ष कुर्नु नपर्दो हो। जिवन त लामो पो छ त। जिवन कति लामो छ कि त प्रकाशलाई थाहा छ कि त बिहान खाना खाएर बेलुकाको खाना जोहो गर्न निस्केकोलाई थाहा छ।

यो डकुमेन्ट्री रिलिज त अहिले भयो तर १ डेढ बर्ष अघि खिचिएको रहेछ। प्रकाशले आफ्नो बाँचा पुरा गरे दशैंमा घर पर्किए। बा को उपचार गरे। दाई हुनुको जिम्वेबारी पुरा गरे भाईलाई बिदेश पठाए। देश झकझकाउन उनि शासकका दैलोमा गए। शासकले उनलाई चिनेन। बा आमा जननिको रोबरमा बाहुनले स्थापित गरिदिएको प्रकाशको परिचय राज्यलाई सुइकार्य भएन। उसले नानाथरि कागजात माग्यो। कठै॥

हुन त उनले नसोचेको कल्पना नगरेको सुःख भोग गरिरहेका थिए। उनको साथमा बा आमा थिए । चौरि गोठको छानो होइन आमाको छाहारि थियो। बाको हौसला वापस पाएका थिए। तर के गर्नु उनलाई चुम भ्यालिले फेरी बोलायो। उनको पेट र जिम्वेबारिले भोजपुर बाट ऊनलाई निर्वासित गर्यो। कस्तो नाता गाँसेछौ नि तिमिले त्यो उपत्यका र चौरीका हुल संग।

मानिषको जिवन नै यहि रहेछ नपाउदा नपाउदाको शोक पाए सम्हाल्नको बोझ। उनमा थपिएको बुढा बा आमाको जिम्वेबारी कसरि पुरा गर्छन् उनले जसलाई बैंस उमेरमा समयले गोठालो बनाइ गुमनाम पारिदियो। दिन ढल्नलाग्यो अनि एक झिल्को खुसिको बदलामा घुडा टेकाउने पिडा दियो।